महोत्तरीमा बुधबारदेखि ९ दिनसम्मका लागि निषेधाज्ञा जारी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,बैसाख २० गते।

कोरोना महामारी नियन्त्रण गर्न स्थानीय प्रशासनले महोत्तरीमा बुधबारदेखि निषेधाज्ञा जारी गर्ने निर्णय गरेको छ ।

जिल्ला संकट व्यवस्थापन समितिको आइतबार बसेको बैठकले वैशाख २२ गतेदेखि ९ दिनसम्मका लागि निषेधाज्ञा गर्ने निर्णय गरेको हो ।

अगामी वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गते राति १२ बजेसम्मको लागि जिल्ला भरि निषेधाज्ञा जारी गर्ने निर्णय भएको महोत्तरीका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए । उनले निषेधाज्ञा अवधिमा अतिआवश्यक बाहेक घरबाट बाहिर ननिस्किन आग्रह गर्दै उलंघन गरे कारबाही हुने समेत चेतावनी दिए ।

बैठकले प्रत्येक स्थानीय तहलाई आइसोलेशन, २०–२० वटा अक्सिन सिलिण्डर हाललाई व्यवस्था मिलाउन , सबै स्वास्थ्यकर्मीलाई अनिवार्य रुपमा परिचालन गर्न, सरकारी कार्यालयहरुमा अतिआवश्यक कार्यहरु जारी राख्न तथा स्वास्थ्यकर्मी समेतलाई मास्क, सेनिटाइजर उपलब्ध गराउने र स्वास्थ्य सुरक्षामा ध्यान दिन निर्देशन दिने निर्णय गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *