हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प, ३ सय भन्दा बढीको मृत्यु

अनलाईन न्युजपाटी,एजेन्सी,समाचारदाता,साउन ३१ गते।

हैटीमा शनिबार ७.२ म्याग्नेच्युडको भूकम्प गएको छ। एक समाचार एजेन्सीका अनुसार दक्षिण पश्चिम हैटीमा केन्द्रबिन्दु भएको भूकम्पमा परी अहिलेसम्म ३ सय ४ जनाको मृत्यु भएको पुष्टी भएको छ भने सयौं मानिसहरू घाइते  भएका छन्।

भूकम्पले थुप्रै घर, विद्यालय, चर्च र होटलहरू भत्किएका छन्। ठूलो भूकम्पपछि लगातार आइरहेका परकम्पहरूले उद्धार र राहतमा कठिनाइ भएको छ।

भूकम्पको धक्का छिमेकी क्युबा र जमैकासम्म महशुस गरिएको थियो। केही साताअघि मात्रै राष्ट्रपतिको हत्या भएको हैटीमा फेरि भूकम्पको संकट थपिएको हो।

यसअघि पनि सन् २०१० मा हैटीमा ७ म्याग्नेच्युडको भूकम्प जाँदा हजारौं मानिसको मृत्यु भएको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *