फेसबुकले तालिवान र यस समूहलाई प्रवद्र्धन गर्ने सम्बन्धित सामाग्रीहरुमाथि प्रतिबन्ध लगायो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १ गते।

फेसबुकले तालिबान र उक्त लडाकु समूहलाई समर्थन गर्ने सबै सामग्रीमाथि प्रतिबन्ध लगाएको बताएको छ।

तालिबानलाई आफूले आतङ्कवादी संस्था मानेका कारण त्यस्तो गरिएको फेसबुकको भनाइ छ।

तालिवानसँग सम्बन्धित पोस्ट, फोटो, भिडियो र अन्य सामाग्रीको निगरानी गर्न र हटाउनका लागि आफुसँग प्रतिवद्ध टोली रहेको फेसबुकले जनाएको छ । यसै साता तालिवानले अफगानिस्तान कब्जा गरेको थियो ।

“अमेरिकी कानुनले तालिबानलाई आतङ्ककारी संस्था मान्छ र हामीले उनीहरूलाई हाम्रो सेवा प्रयोग गर्न प्रतिबन्ध लगाएका छौँ। यसको अर्थ उनीहरू वा उनीहरूका लागि बनाइएका अकाउन्टहरू बन्द गर्ने, र उनीहरूको प्रशंसा, समर्थन वा प्रतिनिधित्व गर्ने सामग्री हटाउने हो,” फेसबुकका एक प्रवक्ताले भने।

“हामीसँग पाश्तो र दारी मातृभाषा भएका र अफगानिस्तानको स्थानीय विषय बुझेका विज्ञहरूको एउटा समूह छ जसले त्यस्ता कुराहरूको पहिचान गरेर हामीलाई सचेत गराउँछन्,” उनले भने।

फेसबुकले यो नीति इन्स्टाग्राम र ह्वाट्सएपमा पनि लागु हुने बताएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *