जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहिको माग

अनलाईन न्युजपाटी,उर्मिला यादव यात्री, नवलपरासी,समाचारदाता,भदौ १ गते।

जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीले जिल्लाका १६ वटै स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने माग गरेको छ । पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावली संकलन केन्द्र तोक्न माग गरेको हो । मंगलबार जिल्ला निर्वाचन कार्यालय रुपन्देहीलाई ज्ञापनपत्र बुझाउँदै जनमत पार्टीले सम्पूर्ण स्थानीय तहमा मतदाता नामावलीमा  दर्ता गरी परिचयपत्र वितरण कार्य यथाशिघ्र सुरु गर्न माग गरेको छ । जिल्ला प्रशासन कार्यालय रुपन्देहीलाई बोधार्थ पठाइएको ज्ञापनपत्रमा नामावली संकलन कार्यमा जिल्ला प्रशासनबाट आवश्यक शान्ति सुरक्षा उपलब्ध गराइदिन समेत जनमत पार्टीको माग छ ।

“कोही नछुटोस्, कहीं नछुटोस् भन्ने अभिप्रायले जनताले स्वतन्त्र र निष्पक्ष रुपमा मतदान गर्न पाउने अधिकारलाई सुनिश्चित गर्न सकियोस् भन्ने हाम्रो मनसाय रहेको छ, “ज्ञापनपत्रमा उल्लेख गरिएको छ । ज्ञापनपत्र बुझाएपछि जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीबाट यसबारे सकारात्मक प्रतिक्रिया आएको जनमत पार्टीका केन्द्रीय सचिव भोपेन्द्र प्रसाद यादवले बताउनु भएको छ  । ‘जिल्ला निर्वाचन अधिकारी अयोध्या प्रसाद भण्डारीले जनमत पार्टीले उठाएको माग समेटिएको ज्ञापनपत्र निर्वाचन आयोगमा पठाउनुभएको छ, कतिपय युवाहरु विदेशबाट फर्केको अवस्थामा मतदाता परिचयपत्रबाट वञ्चित भएकाले उहाँहरुलाई नामावलीमा समावेश गर्न जिल्लाका सम्पूर्ण स्थानीय तहबाट मतदाता नामावली संकलन गर्नुपर्ने उहाले बताउनु भएको छ ।

अहिले वर्तमान अवस्थामा covid-19 को कारण विदेशबाट फर्केर आएका तथा स्वदेशमा रहेका ठूलो संख्यामा युवा पिढींको मतदाता सूचीमा नाम नहुँदा निर्वाचनमा भाग लिन बाट बन्चित हुन सक्ने अवस्था रहेकोले  यहि भाद्र १५ गते  देखि नै  मतदाता सूची संकलन कार्य सुचारु गर्न  कोभिड- १९ र निशेधाज्ञाको मापदण्ड पूरा गरि रुपन्देही जिल्लाको १६ वटै स्थानीय तहहरुमा   बुटवल उपमहा नगरपालिकाको कार्यालय, देवदह गाउँपालिकाको कार्यालय, कोटीहिमाई गाउँपालिकाको मझगावां, गैडहवा गाउँपालिकाको हाथी बजार, रोहिणी गाउँपालिकाको धकधई, ओमसतियाको गाउँपालिकाको कार्यालय , तिल्लोक्तमा न. पा. को कार्यालय, कंञ्चन गाउँपालिका, को कार्यालय,शुध्धोधन गाउँपालिकाको कार्यालय, सैनामैना न. पा. को कार्यालय , सेम्मरीमाई गाउँपालिकाको कार्यालय , सिद्धार्थनगर  पालिकाको कार्यालय लु.स.न. पा.को कार्यालय , सियारी गाउँपालिकाको कार्यालय, मायादेवी गाउँपालिकाको कार्यालय, मर्चवारी गाउँपालिकाको कार्यालय, लगायत जिल्लाका विभिन्न क्षेत्र समेटिनेगरी उपयुक्त स्थानहरूमा एकहप्ताको अवधी सम्म अस्थायी मतदाता सूची संकलन केन्द्र तोकी मतदाता सूचीमा नाम दर्ता गर्नका लागि जोडदार माग गरिएको जनमत पार्टीका केन्द्रीय सचिव  यादवले बताउनु भएको छ  । कार्यक्रममा जनमत पार्टी जिल्ला समन्वय समिति रुपन्देहीका जिल्ला अध्यक्ष राम विष्णु सिंह लोध ,

जिल्ला उपाध्यक्ष शम्भु प्रसाद यादव ,जिल्ला सचिव कृष्ण कोहार , जिल्ला सह सचिव राघवेन्द्र पटेल –

 परदेसी केवट , धर्मेन्द्र गुप्ता ,कोषाध्यक्ष चन्द्रभूषण वर्मा लगायत नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *