अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,भदौ २ गते।
तीनजना बिचौलियालाई जिल्ला प्रशासन कार्यालय धनुषाबाट प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का ३६ वर्षीय गुड्डु पूर्वे, वडा नम्बर १० का ५० वर्षीय बिजय साह र वडा नम्बर १ का ३५ वर्षीय बिजय मण्डल रहेका छन् ।
उनीहरुले जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ स्थित रहेको जिल्ला प्रशासन कार्यालय धनुषा पुग्ने सेवाग्राहीलाई छिटो र छरितो काम गराइदिने भन्दै रकम माग्दै गरेको अवस्थामा पक्राउ गरिएको धनुषाका प्रहरी प्रवक्ता तथा प्रहरी नायव उपरीक्षकले जानकारी दिए ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासतमा राखी थप अनुसन्धान भइरहेको डीएसपीले बताए ।