अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक १४ गते।
यमनको एक अन्तर्राष्ट्रिय विमानस्थलमा बम विस्फोटमा परी छ जनाको मृत्यु भएको छ ।
सो प्रवेशद्धारमा रोकी राखेको एक बसमा बम राखिएको पाइएको छ । त्यहाँ अरु कैयौँ मानिस घाइते भएका छन् ।
सो बम विस्फोट भएपछि उक्त क्षेत्र वरपर रहेका ठूलो संख्याका मानिस घाइते भएका छन् ।
घाइते भएकाहरुलाई अस्पताल पुर्याइएको छ । त्यसैगरी उक्त शक्तिशाली विस्फोटबाट वरपर रहेका अरु कैयौँ सवारी साधनमा पनि क्षति पुगेको थियो । सो बम विस्फोटनको जिम्मेवारी कसैले पनि लिएको छैन । तर पनि यहाँ हुथी विद्रोहीहरु यस्ता हिंसामा संलग्न भइआएकोले सुरक्षा निकायहरुले सोही समूहमाथि नै आशंका गरेका छन् ।