अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २८ गते।
आइतबार बैंक तथा वित्तीय संस्थाहरु पनि विदा हुने भएको छ ।
बुधबार नेपाल राष्ट्र बैंकले सूचना जारी गर्दै जेठ १ देखि लागू हुने गरी प्रत्येक शनिबार र आइतबार सार्वजनिक बिदा हुने जानकारी दिएको हो।
राष्ट्र बैंकले सोमवारदेखि शुक्रबारसम्म कार्यालयसमय बिहान ९:३० बजेदेखि अपरान्ह ५:३० बजेसम्म हुने गरी तय गरेको छ । तर कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म कार्यालय समय बिहान ९:३० बजेदेखि अपरान्ह ४:३० बजेसम्म हुने राष्ट्र बैंकले बताएको छ ।