अनलाईन न्युजपाटी बुटवल,समाचारदाता,वैशाख २९ गते।
बुटवलको मिलनचोकमा बुधबार साँझ बम विस्फोट भएको हो ।
इलाका प्रहरी कार्यालय बुटवलका अनुसार मिलनचोकको आकाशे पुल नजिकै बम बिस्फोट भएको हो ।
विस्फोटक पदार्थ पड्किएको स्थान वरपर बमका छर्राहरु समेत फेला परेको बताइएको छ ।
उक्त घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी प्रहरीले जनाएको छ ।