अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २९ गते।
आज देशभर वर्षा हुने सम्भावना रहेको जल तथा पूर्वानुमान मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
हाल नेपालमा स्थानीय वायु र पश्चिमी वायुको प्रभाव रहेको छ । चक्रवात “असानी“ हाल पश्चि-(मध्य बंगालको खाडीमा रहेको छ।
देशका पहाडी भू(भागमा आंशिक देखि सामान्य बदली रही बाकी भू(भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहेको छ।
बिहीबार प्रदेश नं १ र मधेस प्रदेशमा सामान्य बदली र देशका अन्य प्रदेशमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
प्रदेश नं १, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश तथा लुम्बिनी प्रदेशका केही स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशहरूका थोरै स्थानहरूमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।