महालक्ष्मी बिकास बैंक लिमिटेडले २८ औं बार्षिक उत्सव मनायो

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ ६ गते।

महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधाम शाखाले २८ औं बार्षिक उत्सव मनाएको छ । दुई दिने कार्यक्रम अन्तर्गत आज एक कार्यत्रमको आयोजना गरि बैंकले २८  औं बार्षिक उत्सव मनाएको हो । बिगत लामो समय देखी जनकपुरधाम आसपासका जनतालाई बैकिंङ सेवा प्रदान गर्दै आएको बैंकले आज आफ्नो २८ औं बार्षिक उत्सब मनाएको हो । सो बैंकले आफ्नो बार्षिक उत्सवको उपल्क्षमा बैंकमा आज बृक्षा रोपन “एक शाखा एक वृक्ष:हाम्रो जिम्मेवारी” नाराका साथ उद्घाटन गर्दै केक काटेर  मनाएको जानकारी महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधामका शाखा प्रवन्धक रबिन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

सो बैंकले बिगत लामो समय देखि जनकपुरधाम आसपासका जनता लाई बैकिंङ सेवा प्रदान गर्दै आएको छ । बैंकले हाल मुद्दती खाता मा १२ प्रतिशत, बचत वृद्धि खातामा ८ .५५ प्रतिशत ब्याज दिदै आएको शाखा प्रवन्धक मिश्रले जानकारी दिएका छन् ।

सो बार्षिक उत्सब समारोहमा बैंकका सम्पुर्ण कर्मचारी,सेवाग्राही तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो । बार्षिक उत्सवको दोस्रो  शनिवार बिहान ८ बजे देखि ११ बजे सम्म  रक्तदान कार्यक्रम महालक्ष्मी बिकास बैंक लिमिटेड जनकपुरधामका शाखा कार्यालयमा हुने  प्रवन्धक रबिन्द्र कुमार मिश्रले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *