अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,जेठ ७ गते।
कैलालीबाट अछामका लागि छुटेको बस डोटीमा दुर्घटना भएको छ।
ना ५ ख ९६६३ नम्बरको बस शनिबार बिहान ५ बजेतिर दुर्घटना भएको हो ।
दुर्घटनामा १६ जना घाइते भएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ। बस सडकबाट ५० मिटर तल सेती नदीको किनारमा खसेको प्रहरीले बताएको छ। दुर्घटनाको कारण खुलेको छैन र घाइतेहरुको शैलेश्वरी अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ।