अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १६ गते।
आज सुनको मूल्य प्रतितोला ४०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९५ हजार ४ सय रुपैयाँ रहेको छ भने तेजावी सुनको मूल्य प्रतितोला ९४ हजार ९ सय रुपैयाँ रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १२३० रुपैयाँमा कारोबार भएकोमा आज घटेर प्रतितोला १२२० रुपैयाँ मूल्य कायम भएको महासंघले जनाएको छ ।