चाँदीको कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ

अनलाईन न्युजपाटी ,बिरगंज,समाचारदाता,साउन १६ गते।

चाँदीको कचौरा र मूर्तिसहित वीरगञ्जबाट एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा वीरगञ्ज महानगरपालिका-६ का १८ वर्षीय साहिलकुमार साह रहेका छन् ।

प्रहरी चौकी इनर्वाबाट खटिएको टोलीले आइतबार वीरगञ्ज–१६ रजत जयन्ती चोकबाट उनलाई पक्राउ गरेको थियो ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेको बीआर ५ एएस २१६२ नम्बरको मोटरसाइकलमा साहले बोकेको खैरो रङको झोलाभित्र चाँदी जस्तो देखिने धातुबाट बनेको कचौरा तथा साना मूर्तिहरु ११०६ ग्राम ४०० मिलिग्राम फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

उनलाई बरामद गरिएको सामग्री सहित राजश्व अनुसन्धान कार्यालय पथलैयामा बुझाइएको कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रल्हाद कार्कीले जानकारी दिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *