मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार अभियुक्त १२ वर्षपछि पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन १६ गते।

मानव बेचबिखन तथा ओसारपसार मुद्दाका एकजना फरार अभियुक्त १२ वर्षपछि धनुषामा पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा महोत्तरीको बर्दिवास नगरपालिका साविक किसाननगर गाविस–४ बस्ने विनोद सहनी रहेका छन् ।

पक्राउ परेका सहनी २०६७ सालदेखि फरार थिए । मानव बेचबिखन तथा ओसारपसार मुद्दाका प्रतिवादीहरुलाई खोजतलास गर्ने क्रममा उनलाई पक्राउ गर्न सफल भएको प्रवक्ता प्रदीपबहादुर क्षेत्रीले बताए ।

उनलाई आइतबार जनकपुरधाम उपमहानगरपालिका–४ भैरव चौकबाट प्रहरीको विशेष टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

यसबारे थप अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *