अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ९ गते।
मधेस प्रदेशमा कानुनी सहायता अधिकृतका लागि करार सेवामा दरखास्त आह्वान गरिएको छ ।
सोमबार मुख्य महान्यायाधिवक्ता कार्यालयले सूचना प्रकाशित गर्दै प्रदेश कानुनी सहायता अधिकृतका लागि दरखास्त माग गरेको हो ।
आवश्यक पद संख्या दुई रहेको सूचनामा जनाइएको छ । कार्यक्षेत्र सिरहा तथा बारा जिल्ला हुने उल्लेख छ । निवेदन दस्तुर नलाग्ने पनि जनाइएको छ ।