अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ९ गते।
सिन्धुपाल्चोकमा आज बिहानै भूकम्पको धक्का महसुस भएको थियो ।
बिहान ६ बजे जिल्लाको हेलम्बुलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
केन्द्रका सहाय प्राविधिक राजेश शर्माका अनुसार ४.७ म्याग्नेच्युडको भूकम्प गएको हो ।