अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ९ गते।
पहिरोले घर पुरिँदा अछाममा घरमै सुतिरहेका तीन जनाको मृत्यु भएको छ ।
स्थानीय पदम सिंह विष्टको घर पुरिंदा उनका परिवारका सदस्यहरुको मृत्यु भएका वडा अध्यक्ष नरेन्द्रबहादुर शाहीले जानकारी दिए ।
पहिरोमा पुरिएर एक जना घाइते भएका छन् । उनलाई उद्धार गरी स्थानीय स्वास्थ्य संस्थामा उपचारका लागि लगिएको छ ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि एकै परिवारका तीन जनाको मृत्यु भएको पुष्टि गरे पनि मृतकको परिचय खुल्न बाँकी रहेको जनाएको छ ।