रुपन्देहीको जानकीनगरमा सञ्चालित कल सेन्टरमा प्रहरीको छापा

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन ८ गते।

रुपन्देहीको जानकीनगरमा सञ्चालित ब्लु स्काइ कल सेन्टरमा प्रहरीले छापा मारेको छ ।

घर भाडा नै लिएर कार्यालय खोली सर्वसाधारणलाई म्यासेज पठाउने, अश्लिल सन्देश पठाउने गरेको खुलेपछि सञ्चालकसहित डेढ सय कामदार युवा युवतीलाई प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानका क्रममा प्रहरीले एक भारतीय र दुई नेपालीले घर भाडामै लिएर धन्दा चलाउदै आएको जनाएको छ ।

उक्त कार्यालयबाट सर्वसाधारणको मोबाइलमा ह्वाट्सएप र फेसबुकमा अश्लील म्यासेज पठाउने तथा चिट्ठा पर्‍यो भन्दै ठगी गर्ने गरेको प्रारम्भिक अनुसन्धानका क्रममा पाइएको छ ।

प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *