मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदै, आज प्रदेशमा सार्वजनिक बिदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १ गते। 

मधेश प्रदेश सरकारले आज जनयुद्ध दिवस मनाउँदै छ ।

सशस्त्र विद्रोह सुरू गरेको दिनको सम्झनामा माओवादीले जनयुद्ध दिवस मनाउँदै आएको छ । पहिलोपटक मधेश सरकार पनि जनयुद्ध दिवस मनाउँदै छ ।

जनकपुरधामस्थित मधेश भवनको कभर्ड हलभित्र आयोजना हुने कार्यक्रमका प्रमुख अतिथि नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बोलाइएको छ ।

कार्यक्रममा जनयुद्धका शहीद परिवारलाई आर्थिक सहयोगसहित सम्मान गरिने छ । प्रदेशका प्रत्येक जिल्लाबाट पाँच/पाँच जना गरी ४० जनालाई एक लाखका दरले आर्थिक सहयोगसहित सम्मान गर्ने कार्यक्रम रहेको आन्तरिक मामिला तथा सञ्चार मन्त्रालयले जनाएको छ ।

जनयुद्ध दिवस मनाउन प्रदेश सरकारले आज प्रदेशमा सार्वजनिक बिदा दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *