नेपाली रेल आजदेखि सञ्चालन हुँदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,फाल्गुन १ गते। 

कुर्था–जनकपुर–जयनगर रेल सेवा आजदेखि सञ्चालन हुँदै छ ।

भारतको जयनगर हुँदै जनकपुरधाम-कुर्थासम्म गुड्ने रेल आज पुनः जयनगर नै फर्किनेछ । रेल गुड्ने भए पनि यात्रुलाई बोक्ने योजना नरहेको नेपाल रेल्वे कम्पनीले जनाएको छ ।

आज बिहान १० बजे इनर्वा स्टेशनबाट खुल्ने रेल १ घण्टामा जनकपुरधाम आइपुग्ने र कुर्था पुगेर पुनः जयनगर फर्किने रेल्वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।

१८ महिनाभन्दा बढी समयदेखि एउटै ठाउँमा थन्केकाले प्राविधिक स्थिति बुझ्नका लागि रेल गुडाउन लागिएको उनले बताए । ‘रेलको प्राविधिक स्थिति बुझ्न दैनिक रेल गुडाउन लागेका छौं’ झाले भने, ‘कुनै प्राविधिक समस्या देखिए सुधार गर्‍छौं ।’

यात्रुलाई बोक्नुअघि रेल दुरुस्त अवस्थामा राख्नकै लागि परीक्षण स्वरुप रेल गुडाउन लागिएको उनले बताए । यसबाहेक अतिक्रमण गरिएका रेल मार्गहरू छाड्न, अनाधिकृत बाटो बन्द गर्न, हाट लगाउन बन्द गर्नका लागि चेतना जगाउन, कर्मचारीलाई अभ्यस्त बनाउने उद्देश्यले पनि रेल गुडाउन लागिएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *