आजदेखि देशभरको शैक्षिक संस्था खुल्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १ गते। 

कोभिड–१९को तेस्रो लहरको जोखिम बढेसँगै बन्द भएका शैक्षिक संस्था स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्दै आजदेखि सञ्चालन हुँदैछन् ।

कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्रको निर्णय अनुसार शिक्षा तथा मानव स्रोत विकास केन्द्रले स्थानीय तहमा सर्कुलर गरेको हो ।

केन्द्रले एक विज्ञप्ती जारी गर्दै विश्वविद्यालय, विद्यालय, ट्युसन सेन्टर, तालिम वा अन्य प्रकारका शैक्षिक क्रियाकलापहरू जनस्वास्थ्य र सुरक्षाको मापदण्ड पालना गरी २०७८ फागुन १ गतेबाट सञ्चालन गर्न भनेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *