अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,चैत्र १९ गते।
जनकपुरधामको जानकी मन्दिर प्रांगणमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टीले आयोजना गरेको “रक्तदान जिवनदान” भन्ने मूल नाराका साथ नेपाल रेडक्रसको सोसाईटी जनकपुरधामको सहयोगमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रमका प्रमुख अतिथि मनोज मल्ल ठकुरीले कार्यक्रमको उद्घाटन गर्नु भएको थियो । प्रमुख अतिथिले आफ्नो मन्तव्य राख्दै भने रक्तदान जस्तो महान् कार्य गरेकोमा प्रशंसा गर्दै कसैले पनि रगतको अभावमा ज्यान गुमाउन नपरोस् भन्ने पवित्र उदेश्यले गरिएको रक्तदानले सहजता तुल्याउने विश्वास व्यक्त गर्नुभयो ।

प्रत्येक स्वस्थ्य ब्यक्तिले ३–३ महिनामा रक्तदान गर्न सक्ने तर्क दिदै यसबाट कुनै बेफाईदा नहुने बताउदै समाज परिवर्तनका लागि चलाएको अभियानलाई निरन्तरता दिन आग्रह समेत गर्नुभयो ।
कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी नगर उपाध्यक्ष जितेन्द्र प्रसाद साहले भने जसरी हामी मन्दिरमा गएर पुजा गर्दा मनमा आनन्द आउछ ,त्यसरी नै रक्तदानले जीवन मरणको क्षणमा रगत अभावमा मुत्युको मुखबाट एक जनाको व्यक्तिलाई बचाउन सकिन्छ भने त्यस्तो ठूलो पुण्य अरु कुनै छैन भन्दै रगत सबैजनाले दान गर्नुपर्नेमा जोड दिनुभयो ।

रक्तदानमा तिन दर्जन भन्दा बढी युनिट रगत संकलन गरिएको नगर सचिब नबिन झाले जानकारी दिनुभयो । आफ्नो अमुल्य रगत दान दिएर अरु कसैको जीवन बचाउने कार्य गरेकोमा सम्पूर्ण स्वयम् सेवी तथा रक्तदाताहरुलाई धन्यवाद दिदै नियमित रुपमा रक्त दान गर्न सबैलाई आग्रह गरेका छन् ।