भारतको जयनगरबाट रेल जनकपुरधाम आइ पुग्यो

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता, चैत्र १९ गते।

भारतको जयनगरबाट रेल जनकपुरधाम आइपुगेको छ ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नयाँ दिल्ली स्थित हैदरावाद हाउसबाट हरियो झण्डा देखाएर समुद्घाटन गरेको नेपाल रेल्वे दुई घण्टापछि जनकपुरधाम आइपुगेको हो ।

शनिवार दिउँसो करिब १ बजे भारतको जयनगरबाट गुडेको रेल ३ बजे जनकपुरधाम पुगेको हो ।

रेल्वे हेर्नका लागि विहानै देखि हजारौँको संख्यामा स्थानीयहरु पुगेका थिए ।

अब आइतबारदेखि दिनहुँ दुई पटक रेल सञ्चालन हुनेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *