भगवानपुर गाउँपालिका ३ लालपुरमा चैती दुर्गा मेलाको सुरुवात

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता, चैत्र २० गते।

सिरहाको भगवानपुर गाउँपालिका वाडा नम्बर ३ लालपुर चौचाड टोलमा चैती दुर्गा मेलाको सुभारम्भ हुने भएको छ। बिगहौ एलानी जग्गा रहेको उक्त ठाउँमा वाडा अध्यक्ष हरि नारायण यादवले गाउँपालिकाको वडा स्तरीय बजेट बाट करीब १४ लाख बजेट बिनियोजन गरी चैती दुर्गा मन्दिरको भवन निर्माण गरीएका छन्।

स्थानीय जय नारायण यादवको उपभोक्ता समितिको अध्यक्षको जिम्मेवारी दिई मन्दिर निर्माणको कार्य अगाडि बढाईएको हो। मन्दिर निर्माणको कार्य करिब अन्तिम चरणमा रहेको अध्यक्ष यादवले बताए। सोही मन्दिरमा यो बर्ष देखि चैती दुर्गा लाग्ने भएको छ्।

आउने बर्षहरुमा निरन्तर उक्त स्थानमा चैती दुर्गा मेला लाग्ने गाउँपालिकाको अध्यक्ष बेचन प्रसाद यादवले बताए। उक्त मेला १९ गते देखि २९ गते सम्म र ९ नौ पुजा १० दशम जात्रा रहने मन्दिरको पुजारी राम प्रीत यादवले जानकारी दिनु भयो।

समाजमा बिकृती बिसंगती लाई अन्त गर्न समाजलाई धार्मिक मार्गमा रुपान्तरण गर्न उक्त स्थानमा चैती दुर्गा मेलाको सुभारम्भ गरेको वाडा अध्यक्ष हरि नारायण यादवले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *