अनलाईन न्युजपाटी सर्लाही,समाचारदाता,वैशाख २४ गते।
हरिवन नगरपालिका वडा नम्बर ४ बाट वडा अध्यक्ष पदको स्वतन्त्र युवा उमेद्वार मनोज खड्का निर्वाचन घोषणा पत्र सार्वजनिक गरेका छन। हरिवन नगरपालिका वडा नम्बर ४ को वडा अध्यक्षको स्वतन्त्र तर्फ को उम्मेदवार मनोज खड्काले आफू विजयी भएमा यस नगरको प्रत्येक कृषि योग्य जग्गामा कृषि सडक पुर्याउने, नगरको प्रत्येक कृषि योग्य जग्गामा बिजुली पुर्याउने, यस वडाको प्रत्येक घरलाई व्यवसायबाट आम्दानी बढाउने उद्देस्यले कृषि अनुदान दिने जस्ता योजना हरु समावेश गरेका छन्।
त्यस्तै हरिवन नगरपालिका वडा नम्बर ४ को पुर्व तिर लखनदेही खोलाको कटानले कृषियुक्त उर्वराभुमिलाई वर्षनिको क्षतिलाई न्यूनीकरण गर्नको लागि यस पाच बर्षे कार्यकालमा पूर्ण रुपले तटबन्धन गरिने र खाने पानी, सरसफाई, शिक्षा, स्वास्थ्य ,सडक निर्माण जस्ता कार्यको निरन्तरता तथा वडाको पूर्वाधारको विकाशमा हुने, भ्रस्टाचार नियन्त्रण तथा गुणस्तरमा जोड दिएका छन।
अनलाईन न्युजपाटीको समाचार संकलन टिम संग कुरा गर्दै भने ” म राजनीति गर्न आएको हैन म समाज सेवा गर्न आएको हो” त्यसैले स्वतन्त्र उम्मेदवार हु, म वडा अध्यक्ष आफ्नो जित पश्च्यात स्वतन्त्र रूपले समाज सेवा गर्न सक्छु, म माथि कुनै पार्टी को कर चाप हुने छैन।