आज थपिए १४ जना कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,वैशाख २४ गते।

आज पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट १४ जनामा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा २ हजार ७१६ जनाको नमुना परीक्षण गर्दा १४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय २१ जना कोरोनाबाट निको भएर घर फर्किएका छन् । योसँगै निको हुनेको सङ्ख्या नौ लाख ६६ हजार ७६८ पुगेको छ ।

आज सङ्क्रमणबाट कसैको पनि निधन भएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *