अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १६ गते।
पुर्व युवराज पारस शाहले धनुषा जिल्लाको धार्मिक भ्रमण गरेका छन् । रा.प्रा.पा धनुषाको सम्पूर्ण टिम र हिमानी ट्रस्ट धनुषाको अगुवाईमा आज पारस शाहले जानकी मन्दिर दर्शन गरेका छन्।
दुई दिने कार्यक्रम अन्तर्गत आज दोश्रो दिन जानकी मन्दिरमा पुजाअर्चनाको साथ दर्शन कार्यक्रम सम्पन भएको छ। पारसले करिब आधा घण्टा जानकी मन्दिर दर्शन कार्यक्रममा बिताएका थिए । सो क्रममा जानकी मन्दिरका महन्थ राम तपेश्वर दास संग भेट वार्ता गरेका थिए।
स्थानीय नागरिकहरुले “हाम्रो राजा हाम्रो देश प्राण भन्दा प्यारो छ” र “राजा आउ देश बचाऊ” नारावाजी समेत गरेका थिए । पूर्व युवराज पारस शाहलाई हेर्न बालबालिका, युवा, वृद्धवृद्धाको भीड नै लागेको थियो । पुर्व युवराज पारस शाहको दर्शन गर्न पाए पछि स्थानीय नागरिकहरु हर्षित भएका छ्न ।
पुर्व युवराजको भ्रमणमा सुरक्षा व्यवस्था कडा गरिएको थियो । जानकी मन्दिरको पूजापछि पारस शाह काठमाडौँ फर्किएका हुन् । पारस सरकारको दुई दिने कार्यक्रम अन्तर्गत आईतवार जानकी विवाह मण्डपमा बृक्षारोपन कार्यक्रम भएको थियो।