अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,जेठ १६ गते।
आज मिथिलाञ्चलमा बट सावित्री पर्व धुमधामका साथ सम्पन्न भएको छ ।
नयाँ वस्त्र पहिरी, सोह्र श्रृंगार गरेर महिलाले सौभाग्य-समृद्धिका लागि वरको रूखमा दूध र जल चढाई श्रद्धापूर्वक बरसाइत (बटसाबित्री) पर्व मनाएका छन्।
पौराणिक कथा अनुसार राजा सत्यवानको मृत्यु हुँदा उनकी पत्नी सावित्रीले वरको रुख तल बसेर कठोर ब्रत गरी आफनो पतिको प्राण फर्काएको हुँदा महिलाहरुले पतिको दिर्घायुका लागि वट सावित्री पर्व मनाउने गरेको धार्मिक ग्रन्थमा उल्लेख छ । सुरुसुरुमा ब्राह्मण, कायस्थ र देव जातिका महिलाले मात्र गर्ने गरेको बरसाइत पूजा अहिले अन्य जातिका महिलाले समेत पतिको दीर्घायुको कामनासहित गर्न थालेपछि यसको महत्वले बढीरहेको महिलाहरू बताउँछन् ।
मैथिली महिलाहरुले मनाउने चाँड मध्ये वट सावित्री अर्थात बरसाईत पर्व मैथीलि महिलाहरुका लागि महान् पर्वकै रुपमा मनाइने गरिन्छ ।