अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार ८ गते।
‘भारत गौरव पर्यटक रेल’ भारतीय पर्यटक बोकेर असार ९ गते जनकपुरधाम आउने भएको छ ।
‘भारत गौरव पर्यटक रेल’ नाम दिइएको सो रेल भारतीय समयअनुसार मंगलबार साँझ ७ बजे नयाँ दिल्लीबाट जनकपुरधामको लागि हिडेको हो ।
रामायण सर्किटमा सञ्चालन हुने उक्त रेलले भारतको अयोध्या, नन्दी ग्राम, सीतामढी, वनारस, प्रयागराज, चित्रकुट, पञ्चवटी, नासिक, हम्पी, रामेश्वरम र भद्राचलम धार्मिक गन्तव्यका साथै नेपालको जनकपुरस्थित धार्मिक क्षेत्रलाई जोड्ने महाप्रबन्धक झाले बताए ।
भारतका रेलमन्त्री र पर्यटनमन्त्रीले आज संयुक्तरुपमा दिल्ली रेल्वे स्टेसनमा हरियो झण्डा देखाई रेल सेवाको उद्घाटन गरेका छन् । सो रेल झण्डै ५०० पर्यटक बोकी असार ९ गते जनकपुरधाम आइपुग्ने भारतीय दूतावासले जनाएको छ।