अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ८ गते।
आन्तरिक उडान अनिश्चितकालका लागि बन्द गर्ने निर्णय वायु सेवा सन्चालक संघले फिर्ता लिएको छ ।
सरकार र वायुसेवा सञ्चालक संघबीच मध्यरातमा भएको वार्तापछि आन्तरिक उडान नियमित हुने भएको प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए।
हवाई सेवा कम्पनीहरुल आज बिहान ११ बजेबाट आन्तरिक उडानहरु नियमित हुने जानकारी दिएका छन् ।
मध्यरातमा वार्ता भएका कारण उडान बन्द नगर्ने बाहेक अन्य मागको विषयमा टुंगो नलागेको बताइएको छ। सरकारसँग बुधबार मध्याह्न पुनः वार्तामा बसी सबै विषय टुंगो लगाइने बताइएको छ।