अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार ७ गते।
भोलिदेखि देशभरि हवाई सेवा बन्द गर्ने वायुसेवा सञ्चालक संघले निर्णय गरेको छ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तथा नेपाल नागरिक उड्डयन प्राधिकरणबाट भएका अव्यवहारिक निर्णय फिर्ता तथा सुधारको माग गर्दै वायुसेवा सञ्चालकहरुले उडानहरू बन्द गर्ने निर्णय गरेका हुन्।

सञ्चालक संघद्धारा जारी विज्ञप्तिमा निजी क्षेत्रका विमान तथा हेलिकोप्टरहरु बाहिरका एयरपोर्टमा पार्किङ गर्नुपर्ने, दुई चालक राख्नुपर्ने लगायतका मागहरु अव्यवहारिक भएकाले फिर्ता लिन माग गरिएको र मागको सुनुवाइ नभएपछि उडान नै रोकेर आन्दोलनमा उत्रिनुपरेको उल्लेख छ।
विज्ञप्तिमा भनिएको छ, ‘क्षेत्रीय वमानस्थलहरुको बढोत्तरी तथा स्तरोन्नती भए पनि हवाइजहाज तथा हेलिकोप्टरको मर्मत सम्भार तथा चेकजाँच गर्ने प्राविधिक पक्षहरुलगायत अन्य विविध भौतिक पूर्वाधारहरुको विकास भई नसकेकोले हालको अवस्थामा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बाहेकका विमानस्थलहरुमा रात्रि विश्राम गरी उडान भर्न असमर्थ छौं।’