श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको आरोपमा आफ्नै श्रीमान् र ससुरा पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असार १० गते।

श्रीमतीलाई घाँटी थिचेर हत्या गरेको अभियोगमा आफ्नै श्रीमान् र ससुरा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा श्रीमान रामचन्द्र मण्डल खत्वे र उनका बुवा अर्थात् मृतककी ससुरा सहदेव मण्डल खत्वे रहेका छन् ।

धनुषाको शहिदनगर नगरपालिका ८ नाथपट्टीकी बस्ने रामचन्द्र मण्डल खत्वेकी ३५ वर्षीया श्रीमती श्रीमती गौरी देवी मण्डलको घाँटी थिचेर हत्या भएको थियो ।

घटना पश्चात फारर श्रीमान र ससुरा ८ महिना पश्चात पक्राउ परेका हुन् ।

पक्राउ परेका उनीहरू दुवै जनालाई जिल्ला अदालत धनुषाबाट कर्तव्य ज्यान मुद्दा शीर्षकमा ५ दिनको म्याद थप गराई अनुसन्धान भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *