छोरी शिक्षा विमामा सहयोग गर्न मुख्यमन्त्री राउतको आग्रह

अनलाईन न्युजपाटी जनकपुरधाम,समाचारदाता,असार २१ गते।

मुख्यमन्त्री लालबाबु राउतले मुख्यमन्त्री बेटी पढाउ, बेटी बचाउ कार्यक्रम अन्तर्गत शुरु भएको छोरी शिक्षा बिमा- मुद्दति खातामा सहयोग गर्न प्रदेश भरिका पालिका प्रमुखहरु लाई आग्रह गर्नु भएको छ ।

मधेश प्रदेशका सबै पालिकाहरुलाई पत्र मार्फत मुख्यमन्त्री राउत अषाढ २४ गते सम्म संकलन गरिने छोरी शिक्षा विमाको फारम संकलनमा सहयोग गर्न आग्रह गर्नु भएको हो ।

उहाँले लेख्नु भएको पत्रमा ‘२०७८ माघ  १ गते पछि जन्मीएका प्रदेशभित्रका छोरीहरुको ३ लाखको विमा प्रदेश सरकारले गर्ने भएको हुँदा अषाढ २४ गते भित्र आ–आफनो पालिकाका छोरीहरुको फारम भर्न लगाई मधेश प्रदेश शिक्षा विकास निर्देशनालय जनकपुरधाममा पठाई सहयोग गरिदिनु हुन अनुरोध छ । ’ उल्लेख छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *