रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित तीन जना पक्राउ

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,असार २० गते।

रुपन्देहीबाट एक थान कटुवा पेस्तोल र दुई राउण्ड गोलीसहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको सिद्धार्थनगर बस्ने ३४ वर्षीय चिनक भनिने मेहि दुसेन, ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अली रहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो ।

प्रहरीका अनुसार पिछा गर्ने क्रममा मोटरसाइकल अनियन्त्रित भई गोरुलाई ठक्कर दिएपछि उनीहरु लडेका थिए ।

घटनास्थलमा प्रहरी पुगेर चेक गर्दा मोटरसाइकल चालक ३४ वर्षीय चिनक भनिने मेदि हुसेनको दायाँ कम्मरको पेटिबाट कालो प्लास्टिकको झोलाभित्र केएफ ९ एमएम लेखेको एक थान कटुवा पेस्तोल, २ राउण्ड गोली र एक थान चक्कु फेला परेको प्रहरीको भनाइ छ ।

मोटरसाइकलबाट लडेर घाइते भएका उनीहरूको प्रहरीको निगरानीमा मेडिकल कलेज भैरहवामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *