कार्यालयमा तोडफोड गरेको घटना निन्दनीय हो: मेयर श्याम श्रेष्ठ

अनलाईन न्युजपाटी महेश सिंह,सिरहा समाचारदाता,साउन १० गते।

सिरहाको गोलबजारमा  करारको कर्मचारीहरुले गरेको कार्यालय तोडफोड निन्दनीय रहेको गोलबजार नगरपालिकाका मेयर श्याम श्रेष्ठले पत्रकार समेलनमा बताए।नगरपालिकाले असार ३० गते करार अबधि थप नगर्दा कर्मचारीहरुको एक समुहले नगरपालिकाको कार्यालयमा तोडफोड गरेका प्रति नगरपालिकाको ध्यानाकर्षण भएको छ्।

नगरपालिकाले कर्मचारी भर्ना गर्दा दक्ष अनुभवीलाई पारदर्शी प्रक्रिया अपनाएर माग गरिएका छन्। करार अबधि थप नगरेका कर्मचारीहरुले शान्तिपूर्ण आन्दोलन गर्ने अधिकारलाई कुण्ठीत नगर्न ध्यानाकर्षण भएको छ।श्रावण ४ गते गरिएको सिटी जुलुसमा सेवाग्राही जितेन्द्र साफी माथी भएको ढुङगा प्रहारले स्थानीयबासीहरु त्रसित भएका छन्।

नगरपालिकाको सार्बजनिक सम्पत्ति तोडफोड र भाचिएको कुर्सी जस्ता हिंसात्मक गतिबिधिलाई पालिकाले घोर भत्सर्ना गरेको छ र त्यस्ता ब्यक्तीहरुलाई कानुनी कार्वाहीको लागी संबंधित निकाय संग माग गरिएका छन्।यस्तो घटना न दोहरिन सम्बन्धित सरोकारवाला निकायलाई ध्यानाकर्षण गराएका छन्।

तीन राजनीति दलको नगर अध्यक्षहरुको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर भएका छन्।नेपाली काङ्ग्रेसका राजदेब यादव,हरिनारायण यादव,नेकपा एमालेका राज किशोर महतोको संयुक्त प्रेस बिज्ञप्तीमा हस्ताक्षर रहेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *