धनुषामा स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयासहित एक जना पक्राउ

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,साउन १० गते।

धनुषामा स्रोत नखुलेको झण्डै २४ लाख नेपाली रुपैयासहित एक जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारत विहारको मधुवनी जिल्ला ग्राम पंचायत हरलाखी हरिने वार्ड न.९ बस्ने १९ वर्षीय अब्दुल समी रहेका छन् ।

बीआर ३२ एजे ०१७० नम्बरको मोटरसाइकल चढेर आउँदै गरेका समीलाई जनकपुरधाम उपमहानगरपालिका–१२ स्थित कुँवाबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डीएसपी प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए ।

समीको शरीर खानतलासी गर्दा उनको साथबाट २३ लाख ८९ हजार ४८० रुपैयाँ बरामद भएको क्षेत्रीले बताए ।

पक्राउ परेका समीको बारेमा अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *