आज थपिए ६३८ जना कोरोना संक्रमित, कुल संख्या ११ लाख २६ हजार ३२० पुग्यो

अनलाईन न्युजपाटी ,काठमाडौँ,समाचारदाता,साउन १० गते।

आज पछिल्लो २४ घण्टामा थप ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख २६ हजार ३२० पुगेको छ ।

त्यस्तै २४ घण्टामा कोरोना संक्रमणका कारण थप दुईको मृत्यु भएको छ । योसँगै नेपालमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ११ हजार ९५९ पुगेका छन् ।

त्यस्तै, पछिल्लो २४ घण्टामा नेपालमा थप २ सय १८ जना संक्रमितहरु निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको कुल संख्या ९ लाख ६८ हजार ८०२ पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *