अगस्त ९ अर्थात् विश्व आदिवासी दिवसमा आज सार्वजनिक बिदा

अनलाईन न्युजपाटी प्रिन्स मिश्र,कपिलवस्तु,समाचारदाता,साउन २४गते।

(अगस्त ९ अर्थात्) आज विश्व आदिवासी दिवसका अवसरमा तनहुँका छ स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । मंगलबार  मनाइने सो दिवसका लागि यहाँका शुक्लागण्डकी, भानु, व्यास  नगरपालिका सहित म्याग्दे, ऋषिङ , घिरिङ गाउँपालिकाले बिदा दिने निर्णय गरेका हुन् ।

ती पालिकाले सोमबार अलग-अलग  विज्ञप्ति जारी गर्दै विश्व आदिवासी दिवसका अवसरमा सार्वजनिक बिदा दिने जनाएका हुन् । विश्व आदिवासी दिवसका अवसरमा नेपाल आदिवासी जनजाति महासङ्घ जिल्ला समन्वय परिषद् तनहुँले आज जिल्लाका दशवटै स्थानीय तहमा बिबिध कार्यक्रमको आयोजना गर्न लागेको हो । 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *