अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज १० गते।
९ किलो चाँदीसहित एक भारतीय नागरिक धनुषाबाट पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारत बिहारको मधुवनी जिल्लाको सुट्ठी गाउँ बस्ने ५० वर्षीय चन्द्रकान्त झा रहेका छन् ।
साइकलमा सवार भई शरिरमा चाँदीको पोकाहरु बाँधेर ल्याउँदै गर्दा चेकजाँचको क्रममा जटही नाकाबाट उनलाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएका छन् ।