बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै

अनलाईन न्युजपाटी ,जनकपुरधाम,समाचारदाता,असोज ११ गते।

बडा दशैंको दोस्रो दिन आज ब्रह्मचारिणी देवीको पूजा गरिँदै छ ।

बह्म अर्थात् तपस्याको आचारण गर्ने भएकीले देवीलाई ब्रह्मचारिणी भनिएको हो । ब्रह्मचारिणीलाई देवी दुर्गाको दोस्रो स्वरुपका रुपमा लिइछ ।

देवी पुराणको ४५औं अध्यायअनुसार तपस्यामा मग्न हुने भएकाले देवी ब्रह्मचारिणीको तेज पनि बढ्दै गयो । जसले गर्दा शरीरको रङ पनि गोरो रहेको छ ।

सेतो कपडा लागाइकी, दायाँ हातमा माला, बायाँ हातमा कमण्डलु लिएकी ब्रह्मचारिणीलाई ज्ञान, तपस्या र वैराग्यको देवी पनि मानिन्छ । ब्रह्मचारिणी देवीको आराधना गर्नाले ज्ञान सिद्ध हुनुको साथै विजय प्राप्त हुने विश्वास रहिआएको छ ।

यस दिन कुमारी कन्याहरूको पूजा गर्ने प्रचलन पनि छ । कन्यालाई घरमा बोलाएर पूजा गरी भोजन गराएपछि मात्र आफूले भोजन गर्ने गरिन्छ । शास्त्रीय प्रमाणहरूको आधारमा हरेक शुभकार्यमा गरिने कन्यापुजाका लागि दुई वर्षसम्मका बालिकाहरू योग्य रहेको मानिन्छ । यद्यपि, रजस्वला हुनुपूर्वका बालिका पनि कन्यापूजाका लागि योग्य भएको लोकोक्ति छ ।

जनकपुरको राजदेवी मन्दिर, बौधीमाइ मन्दिर, महोत्तरीको माइस्थान मन्दिर, सप्तरीको छिन्नमस्ता सखरा भगवती मन्दिर लगायत शक्तिपीठमा बिहानैदेखि ब्रह्मचारिणी देवीको पूजाअर्चनाको निम्ति श्रद्धालुभक्तजनको भीड लागेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *