बंगलादेशमा डुंगा डुब्दा मृत्यु हुनेको संख्या ४३ पुग्यो

अनलाईन न्युजपाटी ,एजेन्सी समाचारदाता,असोज ११ गते।

बंगलादेशको एक नदीमा हिन्दु तीर्थयात्रीहरु बोकेको एउटा डुंगा पल्टिदा मृत्यु हुनेको संख्या ४३ पुगेको छ । उत्तरी बंगलादेशमा आइतबार डुंगा चढेर मन्दिर जाँदै गरेकाहरु दुर्घटनामा परेका थिए ।

डुंगामा झन्डै १०० जना यात्रु रहेको प्राप्त विवरणहरूमा जनाइएको छ । क्षमताभन्दा बढी यात्रुका कारण डुंगा दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुमान छ । दुर्घटनाबारे अनुसन्धान भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *