कोरोनाविरुद्धको खोप लगाउनका लागि माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खुलाईने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ ५ गते।  

कोरोनाविरुद्धको खोप लगाउनका लागि माघ १६ गतेदेखि २० गतेसम्म विद्यालय खोल्ने निर्णय गरिएको छ ।

मंगलबार भएको बैठकले कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्रालयमा उक्त निर्णय गरेको हो ।

गृहमन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाका अनुसार उक्त समयमा विद्यालयमा खोप अभियान नै चलाइने भएको छ । त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।

कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ ।

त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।

त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *