झापाको चाउचाउ उद्योगमा आगलागी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २९ गते।

झापाको एक चाउचाउ उद्योगमा भीषण आगलागी भएको छ ।

जिल्लाको मेची नगरपालिका ढुवागढीमा रहेको उद्योगमा आज बिहान ४ बजेदेखि आगलागी भएको हो ।

आगलागी हुँदा उद्योग परिसरमा रहेको ९० प्रतिशत सम्पत्ति जलेर नष्ट भएको बताइएको छ ।

उद्योग परिसरमा भएको मुख्य तीन वटा भवनमध्ये एउटा भवन मात्र बचेको छ ।

कारखानामा रहेका सबै कच्चा पदार्थ, ब्वाइलर, खाने तेलको ट्याङ्की लगायत सबै संरचना समेत नष्ट हुँदा करिब एक अर्ब रुपैयाँ बराबरको क्षति भएको बुद्धि प्रकाश घिमिरेले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *