अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २९ गते।
आज पछिल्लो २४ घण्टामा ८ सय ३६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख ०९ हजार ९५० पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३४ हजार ६४८ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ४ को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८८२ पुगेको छ ।