टी-२० सिरिजको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, माघ २९ गते।

चारदेशीय टी–२० शृंखलाको दोस्रो खेलमा नेपाल युएईसँग २५ रनले पराजित भएको छ ।

युएईसँग १ सय ९३ रनको लक्ष्य पाएको नेपालले निर्धारित २० ओभरमा ५ विकेट गुमाइ १ सय ६७ रनमात्र बनाउन सफल भएको थियो ।

सुरुवात युएईले मध्यम खेल प्रदर्शन गरेपनि पछि चिराग सुरी र रोहन मुस्तफाको साझेदारीले नेपाललाई बलियो लक्ष्य दिन सफल भएको थियो ।

२३ रनमा यूएईले पहिलो विकेट गुमाएको थियो । ओपनर मोहम्मद वासिमलाई साहब आलमले दिपेन्द्रसिंह ऐरीको हातबाट २२ रनमा आउट गराउन सफल भएका थिए । उनले १३ बलमा एक चौका र दुई छक्का प्रहार गरे ।

नेपालबाट ओपनरद्वय ज्ञानेन्द्र मल्ल १९ बलमा २२ र आसिफ शेखले २९ बलमा ३४ रन बनाए । ज्ञानेन्द्रले २ चौका र १ छक्का तथा आसिफले ४ चौका र १ छक्का प्रहार गरे । दीपेन्द्रसिंह ऐरीले सर्वाधिक ४१ रन बनाए । ३३ बल खेलेका उनले ५ चौका प्रहार गरे ।

आरिफ शेख ११ रनमा आउट भए । लोकेशले २१ बलमा २ चौका र २ छक्कासहित ३३ रन बनाए ।

शरद भेषावकर ८ बलमा १० रन बनाइ अविजित रहन सफल भए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *