अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १ गते।
आज पछिल्लो २४ घण्टामा ५ सय २१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १० हजार ४७१ पुगेको छ ।
नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ९ लाख ३८ हजार ५८३ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० को मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ८९२ पुगेको छ ।