वरिष्ठ साहित्यकार तारानाथ शर्माको आज निधन

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन ३ गते। 

वरिष्ठ साहित्यकार तारानाथ शर्माको आज निधन भएको छ ।

तारानाथ शर्माको ८७ वर्षको उमेरमा आज बिहान घरमै निधन भएको उनको पारिवारिक स्रोतले जनाएको छ ।

शर्मा पछिल्लो समय बिर्सने रोग डिमेन्सियाबाट ग्रसित थिए । शर्माको आजै अन्त्येष्टि गरिने जनाइएको छ । उनको पार्थिव शरीरलाई घरबाट सीधै पशुपतिस्थित आर्यघाट लैजाने कार्यक्रम रहेको बताइएको छ ।

नेपाली साहित्यमा झर्रोवादी आन्दोलनका अभियन्ता समेत रहेका शर्माका बेलायततिर बरालिँदा, घनघस्याको उकालो काट्दा लगायत कृति चर्चित छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *