भोलि ग्याल्पो ल्होसारका लागि सार्वजनिक विदा

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन १८ गते।

भोलि फागुन १९ गतेको ग्याल्पो ल्होसारका लागि सरकारले सार्वजनिक विदा दिने निर्णय गरेको छ ।

मन्त्रिपरिषद्‌को फागुन १६ गतेको बैठकले सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

गृह मन्त्रालयका सूचना अधिकारी वसन्त भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ …फागुन १९ गते बिहीबार ग्याल्पो ल्होसारको उपलक्ष्यमा नेपाल राज्‍यभरका सबै सरकारी कार्यालय, सार्वजनिक संघस्थाहरूमा सार्वजनिक विदा दिने’ मन्त्रिपरिषद्को मिति २०७८/११/१६ मा निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *