नेपाली काँग्रेस परित्याग गरि वडा नम्बर १७ का संजु छतकुलीको नेतृत्वमा सयौको सङ्ख्यामा एमालेमा प्रवेश

अनलाईन न्युजपाटी,कृष्णा यादव ,बिरगंज,समाचारदाता, फाल्गुन १९ गते।

नेकपा एमाले पार्टीमा अहिले देशव्यापी रुपमा विभिन्न पार्टी परित्याग गरेर प्रवेश गर्नेहरुको लहर नै चलेको छ ।

दिनंहु एमालेको केन्द्र देखि जिल्ला सम्म पार्टी प्रवेश गराउनमा नेताहरु व्यस्त नै छन । बुधबार वीरगन्जमा आयोजित एक कार्यक्रममा बिच २ सय भन्दा बढि जनाले नेकपा एमालेमा प्रवेश गरेका छन ।

वीरगन्ज महानगरपालिका १७ अलौका युवा नेता सन्जु छतकुलीको नेतृत्वमा २ सय भन्दा बढि जनाले काँग्रेस, जसपा परित्याग गरि नेकपा  एमालेमा प्रवेश गरेका हुन ।

गत २०७४ सालको स्थानीय निर्वाचनमा जसपाबाट वीरगन्ज महानगरपालिका १७ का वडा अध्यक्षमा चुनाव लडेर  झिन्नो मतले पराजित भएका छतकुली एमाले रोजेका हुन ।

पार्टी प्रवेश गर्दै नेता छतकुलीले एमाले जिताउनका लागी आफुहरुले सहयोग गर्ने विश्वास दिलाए । उनले पार्टीले योग्य ठानेर वडाअध्यक्षमा टिकट दिए लड्ने घोषणा गरे ।

वीरगंज महानगरपालिका वडा नम्बर १७ अलौले होटेल रोयल पार्टीमा आयोजित गरेको  पार्टी प्रवेश कार्यक्रममा नेकपा एमालेका केन्द्रिय सदस्य प्रभु हजरा, निर्मला देवकोटा, राजकुमार गुप्ता, नेताहरु विचारी यादव, विशम्भर शर्मा, बसरुदिन , राजेशमान सिंह, मुकेश द्विवेदी, अनुप तिवारी, संजीव मिश्रा, श्याम बन्जारा लगायतहरुको सहभागीता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *