उपप्राध्यापक पदको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,फाल्गुन २२ गते।

त्रिवि सेवा आयोगले आजदेखि सञ्चालन गर्ने तयारी गरेको उपप्राध्यापक पदको परीक्षा अन्तिम समयमा स्थगित गरेको छ ।

फागुन २२ गतेदेखि चैत ७ गतेसम्मको परीक्षा चैत २४ गतेसम्मका लागि स्थगित गरिएको हो ।

त्रिवि सेवा आयोगले भने परीक्षा स्थगित नभई तालिका परिमार्जन गरिएको जनाएको छ । आंशिक प्राध्यापकहरूले गरेको तालाबन्दीको कारण परीक्षा गर्न सक्ने अवस्था नरहेकाले तालिका परिमार्जन गर्नु परेको सेवा आयोगका कार्यालय प्रमुख केदार ढकालले बताए । उनले भने, ‘तालाबन्दीको कारण आन्तरिक तयारी गर्न सकेनौँ जसको कारण परीक्षा सञ्चालन गर्न सकिने अवस्था नभएपछि पछि सारिएको हो ।’

त्रिवि सेवा आयोगले फागुन २२ गतेदेखि चैत २३ गतेसम्मलाई परीक्षाको समय तालिका सार्वजनिक गरेको थियो । त्यसका लागि परीक्षार्थीहरु देशभरबाट काठमाडौं आएका थिए । परीक्षा अन्तिम समयमा स्थगित गरिएपछि उनीहरु मर्कामा परेका छन् ।

सेवा आयोगका कार्यालय प्रमुख ढकालले विभिन्न जिल्लाबाट आएका परीक्षार्थीहरूलाई ध्यानमा राखेर पूर्वनिर्धारित मितिमै परीक्षा गराउने प्रयास गरे पनि नसकेपछि अन्तिम समयमा तालिका संशोधन गर्न बाध्य भएको बताए ।

चैत ८ गतेदेखि २३ गतेसम्म हुने परीक्षालाई भने यथावत राखिएको र त्यसअघि तय भएको परीक्षा मात्रै पछाडि सारिएको त्रिवि सेवा आयोगका कार्यालय प्रमुख ढकालले बताए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *